Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण यस्तो छ

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १३ : ३५ मा प्रकाशित

सिभिल बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण यस्तो छ

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोहि अवधिसम्म बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कुद नाफा आर्जन गरेको थियो। बैंकको खुद नाफामा ११ करोड ३४ लाख रुपैयाँ गिरावट आएको हो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि घटेर २६ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्षको सोहि अवधिमा मुनाफा ४४ अर्ब ६२ करोड रुपैयाँ थियो।

बैंकले ९३ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १९ करोड रुपैयाँ  आम्दानी गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी ५.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.८३ रुपैयाँ रहेको छ। 

बैकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको