Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्शियल बैंकको नाफा २८.२५ प्रतिशतले घट्यो, अन्य सूचक के भए ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १६ : ३२ मा प्रकाशित

सेञ्चुरी कमर्शियल बैंकको नाफा २८.२५ प्रतिशतले घट्यो, अन्य सूचक के भए ?

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २८.२५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी पनि  २०.१२ प्रतिशतले घटेर १ अर्ब २२ करोड ३ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ५२ कराेड ७८ लाख ६१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३०.३३ प्रतिशतले घटेर ६३ करोड ४४ लाख ५२ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ९१ कराेड ७ लाख ६४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७० करोड ४७ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८७ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60129767354b2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको