Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओ आज बाँडफाँड, रिजल्ट कहाँबाट हेर्ने ?

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, ०८ : ०२ मा प्रकाशित

निफ्राको आइपिओ आज बाँडफाँड, रिजल्ट कहाँबाट हेर्ने ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) काे बाँडफाँड आज (माघ १६ गते, शुक्रबार) हुँदैछ ।

उक्त आइपिओ बाँडफाँड बिहान १० बजे बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमाडौंमा हुने छ । आईपिओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल एस क्यापिलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ ।

बैंकको आईपीओमा कुल आवेदन मध्य १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ आवेदन बदर भएका छन्। 
कुल सदर आवेदकहरु मध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेको क्यापिटलले जनाएको छ । 

५० कित्ताभन्दा बढी आवेदन दिने सबै आवेदकले ५० कित्ता सेयर पाउनेछन् भने बाँकि सेयर तिनै ११ लाख ९४ हजार ४ जना आवेदक मध्यबाट भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले लक्की ड्रमार्फत थप १० कित्ता सेयर  प्राप्त गर्ने छन् । 

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे । 

रिजल्ट कहाँबाट हेर्ने ?

आईपीओको नतिजा हेर्नको लागिअर्थ संसारको गृहपृष्ठको सवै भन्दा रहेको IPO RESULT मा क्लिक गर्नुहोस् ।

त्यसपछि आईपिओको नतिजा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।आईपिओ बाँडफाँडको नतिजा आएपछि हामी राख्नेछौं । 

IPO मा लगानी गर्ने अवसर : Green Life Hydropower को आइपिओ बारे सम्पूर्ण जानकारी | Full Analysis

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

३० वर्ष देखि लगानी गर्दै आएका ८५ वर्षीय सक्रिय सेयर लगानीकर्ता : नयाँ लगानीकर्तालाई यस्तो सुझाव

व्यवसायमा असफल सेयरमा सफल | बैंकका सेयर नबढे,बजार दिगो हुदैन | Nani Babu Kharel | लगानीकर्ताको आवाज

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको