Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको वार्षिक सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, ०८ : ३८ मा प्रकाशित

सिद्धार्थ बैंकको वार्षिक सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

सिद्धार्थ बैंक लिमिटेडकाे १९औं वार्षिक साधारण सभा आज (माघ १६ गते, शुक्रबार) हुँदैछ ।

बैंककाे पाैष १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २८ गते बुकक्लोज गरेको छ । त्यसैले, पाैष २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको