सिभिल बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक हिजो माघ १५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकलेगरेको निर्णयानुसार बैंकको उक्त सभा फागुन ९ गते सुन्धारास्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  बैंकले गत आर्थिक वर्षका लागि कुल ८.२४ लाभांश प्रस्ताव गरेको छ। जसमा बोनस सेयर ८ र नगद ०.२४ रहेका छन्।
बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि माघ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले  माघ २२ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्। 
 
                                                                                                                    
                                                            
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस