Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ७४ करोड

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, १३ : २९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ७४ करोड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

गत आर्थिक वर्षको सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ तथा खुद संचालन आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ, शेयरधनी कोष २५ अर्ब ४७ करोड रुपैयाँ, लगानी ७४ अर्ब ५८ रुपैयाँ करोड पुगेको छ । 

२०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब रुपैयाँ र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ । 

२०७७ पुस मसान्तसम्ममा पुँजी कोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

उपरोक्त वित्तीय विवरण बैंकको  www.rbb.com.np मा समेत हेर्न सक्नुहुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको