Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौंका ग्राहकले खल्ती वालेटमा खाता लिंक गर्दा बोनस पाउने

अर्थ संसार

शनिबार, १७ माघ २०७७, १० : ३९ मा प्रकाशित

बैंक अफ काठमाडौंका ग्राहकले खल्ती वालेटमा खाता लिंक गर्दा बोनस पाउने

बैंक अफ काठमाडौंका ग्राहकले 'खल्ती' डिजिटल वालेटमा आफ्नाे बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिनेछ।

ग्राहकले बैंक अफ काठमाडौंकाे खातालाई एउटा माेबाइल नम्बरबाट पहिलाे पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ। बैंक अफ काठमाडौं खाता लिंक गर्न ग्राहकले माेबाइल बैंकिङ्ग सुविधा भने लिएकाे हुनुपर्छ ।

बैंक अफ काठमाडौंमा रहेकाे खाता जाेडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लाेड गर्ने झन्झट गरिरहनु पर्दैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको