Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजानिक

अर्थ संसार

शनिबार, १७ माघ २०७७, १० : ५३ मा प्रकाशित

गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजानिक

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । 

बैंकले नयाँकर्जा सुविधाहरु अन्तर्गत 'Garima Easy SME Loan' र 'Garima Easy Home Loan'  सार्वजानिक गरेको हो । हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको बेलामा हाम्रो देश पनि यसवाट टाढा रहन सकेन ।

यस विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहजतवरबाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकाससँगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनीबजारमा थप आक्रामक तवरबाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहक मैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभयो । 

दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत 'Garima Easy SME Loan'मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म 'Garima Easy SME Loan'माकर्जा प्रवाहगर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथावित्तिय संस्थाबाट निःशुल्ककर्जा सार्न सकिने र दुवै कर्जाको सेवाशुल्कमापनि ५०% सम्म छुट सुबिधापाउन सकिने छ । 

हालगरिमाविकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्नाग्राहकहरुलाई सरल, सुरक्षितएवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदैआईरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको