Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुबित्तको नाफामा उछाल,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, १८ माघ २०७७, ११ : ४५ मा प्रकाशित

आशा लघुबित्तको नाफामा उछाल,प्रतिसेयर आम्दानी कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तिय विवरण अनुसार  संस्थाको  नाफामा उछाल आएको छ।

आज संस्थाद्धारा जारी दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा गत वर्ष यही अवधिको तुलनामा १५८.५६ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ मा संस्थाले यो पुस मसान्त सम्ममा ७ करोड रुपैयाँ आर्जन गरेको हो ।

यस अवधि सम्मामा संस्थाले सञ्चालन मुनाफाबाट ९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो मुनाफाबाट गत वर्ष यही अवधिमा १ करोड ३१ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले गत बर्ष यो अवधिमा ८ करोड २६ करोड रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष भने उत्त शिर्षकमा संस्थाले  ११ करोड ६८ लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ ।

गत वर्षको यो अवधिमा संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिई २ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने स.स्थाले यो बर्ष १ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष रिजर्भमा ६ करोड २९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार अहिले ८४.९४ प्रतिशतले बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.४२ रुपैयाँ रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३.६१ रुपैयाँ रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको