Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १२ : ०४ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक गरेको छ । 

आज सार्वजनिक दोस्रो त्रैमास सम्मको वित्तीय विवरणअनुसार संस्थाले  २ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १२४ प्रतिशतले बढी हो। गत वर्ष यो अवधिमा संस्थाले १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्ष यो अवधिमा संस्थाले सञ्चालन मुनाफा तर्फ ७२ लाख ३० हजार रुपैयाँ थियो आर्जन गरेकोमा यो बर्ष समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा बढेर १ करोड ६४ लाख रुपैयाँ रहेको छ। 
त्यस्तै गत वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा संस्थाको खुद ब्याज आम्दानी पनि बढेर ६ करोड ७ लाख रुपैयाँ आर्जन पुगेको छ। 

यो अवधि सम्ममा संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई १ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ८२ करोड ४० रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो।

गत वर्ष रिजर्भमा ३ करोड ३० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार यो चालु आर्थिक बर्षमा ६६.६६ प्रतिशतले बढेर ५ करोड ५० लाख रुपैयाँको उचाइमा पुगेको छ। 
 
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.४० रुपैयाँ रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १२४.१४ रुपैयाँ रहेको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको