Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? महिला लघुवित्तको आइपिओ माघ २८ गतेबाट बजारमा आउँदै

अर्थ संसार

सोमबार, १९ माघ २०७७, ०७ : ५७ मा प्रकाशित

लगानी गर्ने होइन ? महिला लघुवित्तको आइपिओ माघ २८ गतेबाट बजारमा आउँदै

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

संस्थाले ४ लाख कित्ता साधारण सेयर (आइपिओ) माघ २८ गतेबाट मात्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

संस्थालेजारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड बराबरको प्रति सेयर एक सय रुपैयाँ दरका ४ लाख कित्ता साधरण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर नागरिक लगानी कोषका लागि र बाँकि कित्ता ३ लाख ७५ हजार कित्ता साधरण सेयर सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशन गर्नेछ । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा माघ २८ गते गतेदेखि र छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
इन्क्रा रेटीङ् नेपालले उक्त आइपिओलाई इन्क्रा एनपी डबल बि रेटीङ् प्रदान गरेको छ यसले वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्ये जोखिम रहेको देखाउँछ ।

आइपिओ र कम्पनीको बारेमा थप् जानकारीको लागि तलको विवरण हेर्नुहोस् :

6017658b9dc24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको