Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् माओवादी केन्द्रको महानगरका उम्मेदवार

मंगलबार, १९ बैशाख २०७४, १२ : २६ मा प्रकाशित

यस्ता छन् माओवादी केन्द्रको महानगरका उम्मेदवार

अर्थ संसार 
काठमाडौं– नेकपा(माओवादी केन्द्र)ले चार वटै महानगरपालिकाको उम्मेदवार चयन गरेको छ । जिल्ला समितिको सिफारिशमा आज बिहान सबै महानगरपालिकाको उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले काठमाडौँको मेयरमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाइएको छ । डंगोल माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुनुहुन्छ भने नगर समितिको इन्चार्ज समेत हुनुुहुन्छ । उपमेयरकी प्रत्यासी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ ।  

यस्तै राजधानीकै अर्को महत्वपूर्ण महानगरपालिका ललितपुरमा दिनेश मर्हजन मेयर र उपमेयरमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादीका जिल्ला इन्चार्ज हरि दाहालकाका अनुसार जिल्लाको सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरका मेयरका उम्मेदवार महर्जन ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ । उपमेयरको उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताको रुपमा क्रियाशिल हुनुहुन्छ ।

यस्तै भरतपुर महानगरको उम्मेदवारमा रेणु दाहाललाई उम्मेदवार बनाएको माओवादी केन्द्रले उपमेयरमा भने इश्वर सापकोटालाई उठाएको छ । मेयरको उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुनुहुन्छ भने सापकोटा स्थानीय नेता हुनुहुन्छ ।

यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा गोमा ढकाललाई अगाडि सारेको छ ।

पोखरा लेखनाथ महानगरका मेयरका प्रत्यासी लामिछाने पोखरा नगर विकास समितिका पूर्व अध्यक्ष हुनुहुन्छ ।

पोखराको परिचयको रुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पार्नुभएका माओवादी केन्द्रका नेता हुनुहुन्छ । यस्तै उपमेयरका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताको रुपमा क्रियाशिल हुनुहुन्छ । रासस, रमेश लम्साल 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको