Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले माघ २५ गतेबाट सेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्ने

अर्थ संसार

शुक्रबार, २३ माघ २०७७, १२ : ५३ मा प्रकाशित

एनएमबि बैंकले माघ २५ गतेबाट सेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्ने

एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

बैंकको वार्षिक साधारण सभाले पारित गरेकाे करसहित ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंककाे माघ २५ गते, आइतबारबाट क्रमश जम्मा गर्दैछ । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

601cef99c0a6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको