Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको डेपुटी सीइओमा आरती राणा

अर्थ संसार

सोमबार, २६ माघ २०७७, १३ : ५३ मा प्रकाशित

सनराइज बैंकको डेपुटी सीइओमा आरती राणा

सनराइज बैंक सञ्चालक समितिको आज (सोमबार) बसेको बैठकले डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा लाई नियुक्त गरेको छ ।

बैंकको संचालक समितिको बैठकले डेपुटी जेनेरल म्यानेजर(डिजिएम) राणाको पदोन्नति गर्दै डेपुटी सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अब राणाको नाम नेपालका वाणिज्य बैंकहरुमा डेपुटी सीइओ बन्ने सीमित महिलाहरुको संख्यामा समेत थपिएको हो।

सन् २००३ बाट एभरेष्ट बैंकमा म्यानेजेमन्ट ट्रेनीको रुपमा प्रवेश गरेकी राणा ग्लोबल आइएमई बैंक छाड्नुअघि असिस्टेन्ट जनरल म्यानेजरको रुपमा कार्यरत थिइन् । 

नेपालको बैंकिङ क्षेत्रका विभिन्न विभागमा रहेर काम गरेको १९ वर्षभन्दा लामो अनुभव राणासँग छ । यसअघि उनले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, मार्केटिङ, ब्राञ्च म्यानेजमेन्ट, कर्पोरेट लेण्डिङ, इन्फ्रास्टक्चर प्रोजेक्टमा फाइनान्सिङ लगायतका विभागमा रहेर काम गरेकी थिइन् । 

आरती राणा करिब १४ महिनाअघि(२४ अक्टोबर २०१९) ग्लोबल आइएमई बैंक छाडेर सनराइज बैंक आएकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको