Like us!
Follow us!
Connect us!
Watch us!

अमे्रिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेड हुने

बुधबार, २० बैशाख २०७४, ११ : ०६ मा प्रकाशित

अमे्रिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेड हुने

दिनिता लामिछाने

काठमाडौं–अमेरिकामा रहेका नेपालीले आगामी मे २१ तारिखमा अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेड गर्ने भएका छन् ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुताबासलगायत अमेरिकाका बिभिन्न राज्यमा रहेका ४० भन्दा बढि सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा परेड हुन लागेको हो । न्यूयोर्क सिटीका मेयर विल द ब्लाजिओ परेडमा प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएका छन् ।

परेड मेनह्याटनको ३८ देखि २७ स्ट्रिट र मेडिसन एभिन्यूमा आयोजना हुने भएको छ । गत बर्ष में २२ तारिखमा मेनह्याटनको ब्रोड वेअन्तर्गत २९ र १७ स्ट्रिटको बीचमा परेडको आयोजना गरिएको थियो ।

यो  बर्ष भने अघिल्लो बर्ष छुटेका बिभिन्न सामाजिक संघसंगठनहरुलाई पनि आयोजक समितिमा आवद्ध गरिएको छ । राजनैतिक दलका भातृ संघसंगठनहरुलाई सम्मानित रुपमा आतिथ्य गराउने परेडका संयोजक मंगलदास श्रेष्ठले बताए ।

बुद्ध जयन्ती तथा नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको परेडका लागि ११

सदस्यीय स्टेरींग समिति बनाइएको छ । यस्तै ७ वटा उपसमितिहरुको गठन समेत गरिको श्रेष्ठले जानकारी दिए । परेडको लागि २० देखि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकको अनुमान छ ।

अघिल्लो बर्ष संकलित रकम मध्येबाट बचेको ९ हजार डलर यसपाली खर्च गरिने आयोजकले जनाएका छन् । अरु रकम प्रायोजकहरुबाट संकलन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

मध्यान्ह १२ बजे ३८ स्ट्रिट र मेडिसन एभिन्युबाट परेड आरम्भ हुने आयोजकले जनाएको छ । परेडमा बिभिन्न सामाजिक संघ,संस्थाहरुको अगुवाईमा विविध् मौंलिक एवं जातिय पहिचान झल्किने झाकी तथा र्याली प्रर्दशन गरिने कार्यक्रम छ ।

सहभागीहरु नेपाल र नेपालीको परिचय झल्कने तुल, ब्यानर र प्लेकार्ड सहित बिभिन्न गीत र सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै परेड ३८ स्ट्रिटबाट २७ स्ट्रिटसम्म पुग्नेछन् । नेपालको धार्मिक, सांस्कृतिक एवं पर्यटकिय स्थल झल्कने व्यानरसहितको ट्रक राखिने छ । संयोजक श्रेष्ठले परेडमा सहभागीहरु मेडिसन

एभिन्युको २७ स्ट्रिटमा जम्मा भएपछि बिभिन्न कलाकारहरुले दुई घण्टासम्म विविध् सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको