Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमान्डूले ल्यायो २ वटा कम्पनीको सेयर लिलामीमा, कति दिने आवेदन ?

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, ०८ : १६ मा प्रकाशित

बैंक अफ काठमान्डूले ल्यायो २ वटा कम्पनीको सेयर लिलामीमा, कति दिने आवेदन ?

बैंक अफ काठमान्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ  ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरहरु बोलकबोल प्रक्रियाबाट बिक्री खुल्ला गरेको हो ।

कुनको कति कित्ता ?
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड:- १ लाख ५० हजार कित्ता 
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड :- ७ लाख कित्ता 

उक्त संस्थापक सेयरहरू खरीद गर्न चाहने इच्छुक बैंकका सेयरधनी/बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज (माघ २७ गते मंगलबार)देखि चैत्र ३ गतेसम्म प्रतिकित्ता के कति दररेटमा लिने हो खुलाई बोलपत्र पेश गर्न सक्नेछन्  ।

प्रतिकित्ता मूल्य कति ? 
आरएमडिसी लघुवित्तको न्युनतम प्रतिकित्ता मूल्य रु ५२० तोकिएको छ भने छिमेक लघुवित्तको प्रतिकित्ता रु ६ सय तोकिएको छ त्यसैले लगानीकर्ताले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ  ।

उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गर्नेछ  ।

कहाँ-कहाँबाट दिने आवेदन ?

बैकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 

6021f4dfea29c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको