Like us!
Follow us!
Connect us!
Watch us!

जेठ ७ गतेबाट नेपाल एसबिआई बैंकको हकप्रद बजारमा

बुधबार, २० बैशाख २०७४, ११ : ४२ मा प्रकाशित

जेठ ७ गतेबाट नेपाल एसबिआई बैंकको हकप्रद बजारमा

अर्थ संसार 
काठमडौं– नेपाल एसबिआई बैंकमा लगानी गर्ने लगानीकर्ताहरुलाई खुसिको खबर ।  बैंकले  जेठ ७ गतेबाट हकप्रद सेयर  निष्काशन गर्ने भएको छ  । हकप्रद सेयर निष्काशन असार ११ गते बन्द हुनेछ । 

बैंकले १ सय रुपैयाको दरले १ करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको बैंकले जनाएको छ । बैंकको बैंशाख २६ गते सेयरधनी बुक क्लोज हुने छ । बैंकको हकप्रद सेयरमा आवेदन बैंशाख २५ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछ । 

बैंक ले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद शेयर निष्काशन गर्दैछ ।

हाल ४ अर्ब ९७ करोड ९८ लाख ५५ हजार चुक्ता पूँजी भएको बैंकले हकप्रद शेयर निष्काशन पछि भने ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार हुने भएको छ ।

एनएमबि क्यापिटल
 बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको