Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकका सिईओले दिए राजिनामा

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १५ : ११ मा प्रकाशित

सनराइज बैंकका सिईओले दिए राजिनामा

बैंकर जनक शर्मा पौड्यालले सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत  पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र बैंकमा भएको छलफल पछि मत्थर देखिएको बिवाद भित्रभित्रै भने रहिरहेको थियो ।

 चार वर्षका लागि नियुक्त भएका शर्माले २ वर्ष कार्यकाल अझै बाँकी रहदै राजिनामा गरेकाहुन् । उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

बैंकको सञ्चालक समितीले हिजो मात्र डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा लाई नियुक्त गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको