Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो सहकारी कोषको वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १७ : ०७ मा प्रकाशित

आफ्नो सहकारी कोषको वार्षिक साधारणसभा सम्पन्न

आफ्नो सहकारी कोष लिमिटेडको २१औं वार्षिक साधारणसभा माघ २४ गते शनिबार सम्पन्न भएको छ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा सहकारी कोष लिमिटेडका अध्यक्ष बलराम पौडयालले  प्रस्तुत गर्नु भएको   बार्षिक प्रतिवेदन अनुसार सेयरपुँजी निक्षेप र बिभिन्न कोष सहित २४ करोड़ ६७ लाखको वासलात प्रस्तुत भएकोमा कर्जा तथा अन्य लगानी गरि कूल लगानी २० करोड़ ६२ लाखमा भाखा नाघेको कर्जा ०.४० प्रतिशत मात्र रहेको  छ । 

उक्त सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरुमाथि छलफल गर्नुको साथै आर्थिक वर्ष २०७७/७८ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डामाथि पनि छलफल गरी पारित गरिएको छ ।
संस्थाको सेयर पूँजी ४ करोड ३ लाख ८२ हजार पुगेको छ । 

संस्थाले करिव डेढ करोडको लगानीमा बनाएको नयाँ आफ्नै ५ तल भवनको सभाहलबाट साधारणसभा सम्पन्न गरिएको थियो । 

संस्थाको नयाँ भवन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको