Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफा ३१.२२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ०९ : ०७ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफा ३१.२२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ३१.२२ प्रतिशतले धेरै हो। गत वर्ष संस्थाले २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले खुद ब्याज आम्दानी ६६ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी ५४ करोड २९ लाख रुपैयाँमा रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९२ करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। 

संस्थाको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोष १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, प्रतिसेयर आम्दानी (ईपीएस) ६४.४५ रुपैयाँ र  प्रतिसेयर नेटवर्थ २१९.६६ रुपैयाँ रहेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

602353b4485e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको