Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न प्रभु बैंक सेबोनको ढोकामा, ब्याज कति ?

अर्थ संसार

बुधबार, २८ माघ २०७७, ११ : ५४ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न प्रभु बैंक सेबोनको ढोकामा, ब्याज कति ?

प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेकाे छ ।

बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न माघ २५ गते आइतबार बोर्डमा आवेदन दिएकाे हाे ।  बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । 

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ, भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

60237969cf34f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको