Like us!
Follow us!
Connect us!
Watch us!

पर्यो भने मालामाल हुने आइपिओ ! महिला लघुवित्तको आइपिओ शुक्रबारबाट बजारमा

अर्थ संसार

विहीबार, २९ माघ २०७७, ०८ : १५ मा प्रकाशित

पर्यो भने मालामाल हुने आइपिओ ! महिला लघुवित्तको आइपिओ शुक्रबारबाट बजारमा

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (माघ ३० गते, शुक्रबार)बाट साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटाेमा फागुन ४ गतेदेखि ढीलाेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आइपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको