Like us!
Follow us!
Connect us!
Watch us!

नबिलले कमायो सबैभन्दा धेरै नाफा

बुधबार, २० बैशाख २०७४, १४ : ०८ मा प्रकाशित

नबिलले कमायो सबैभन्दा धेरै नाफा

अर्थ संसार 
काठमाडौँ– नबिल बैंकले गत चैतसम्म रुपैयाँ २ अर्ब ६८ करोड ३७ लाख खुद नाफा गरेको छ ।बैंकले सो अवधिमा नाफा झण्डै ६४ करोड नाफा बढाएको बढाएको छ ।

नविलले गत आवको सोही अवधिमा बैंकले रु २ अर्ब ५ करोड नाफा गरेको थियो । गत आवको तुलनामा यो वर्ष नविलले नाफा बढाउन सफल भएको छ ।

निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा बढी नाफा गर्नेमा नविल भएको छ ।बैंकले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै लागत व्यवस्थापनमा जोड दिएको बताएको छ ।

समीक्षा अवधिमा बैंकले रु १ खर्ब १७ अर्ब निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु १ खर्ब १३ अर्ब ३१ करोड गरेको थियो । एक वर्षमा बैंकले रु ५ अर्ब मात्र निक्षेप बढाउन सफल भएको छ ।
चैतसम्म बैंकले रु ९० अर्ब ५५ करोड कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु ७० अर्ब ७४ करोड मात्र कर्जा लगानी गरेको थियो । एक वर्षको अवधिमा बैंकको कर्जा लगानी रु २० अर्ब बढेको जानकारी दिएको छ ।

हाल बैंकको चुक्तापुँजी रु ६ अर्ब १८ करोड ५५ लाख पुगेको छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर रु ८ अर्ब पु¥याउँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको