बजार निरंतर घटिरहेपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा सेयर बजारको विकास तथा विस्तारका लागि सुझाव दिन एउटा कार्यदल गठन गरे । उक्त समितिले अर्थमन्त्रीलाई ५८ बुँदे सुझाव दियो । तीमध्ये १८ वटा बुँदाहरु दुई बर्षममा पनि कार्यान्वन हुन सकेको छैन । ती बुँदाहरु तत्काल कार्यान्वयनको माग गर्दै नेपाल पुँजीबजार विकास अभियानका संयोजक तिलक कोइराला आइतबारदेखि आमरण अनशन बस्ने तयारीमा छन् ।
आफूहरुको माग पूरा नहुन्जेल आमरण अनसन जारी राख्ने कोइराला बताउँछन् । उनी आफ्नो छुट्टै माग नभइ सरकारले गर्नु पर्ने काम पूरा नगरेकाले अनसन बस्न बाद्य हुनु परेको बताउँछन् ।
लगानीकर्ताको हकहित तथा पुँजीको सुरक्षाका लागि शान्तिपूर्ण रुपमा आमरण अनसन बस्ने कार्यक्रम तय गरिएको कोइरालाले बताए। उनलाई अरु केही लगानीकर्ताले पनि साथ दिने भएका छन् ।
अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जले सुझावका १८ बुँदा कार्यान्वयन गर्न आनाकानी गरिहरेको उनको आरोप छ । हामीले अर्थमन्त्री, धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुलाई भेटेर सुझाव कार्यान्वयन गर्न भनेका छौं, उनले भने, तर आस्वासन मात्र पाएका छौं । कार्यान्वयन भएको छैन ।
रणनीतिक साझेदारी भित्र्याएर नेप्सेको पुनर्संरचना, पूँजीगत लाभकरका लागि समयावधि किटान, हालको ब्रोकर कमिसन एकै दरलाई प्रतिस्पर्धात्मक बनाइनुपर्ने, वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिई बैंक इन्टिग्रेसनसहित सेयर कारोबार गर्ने प्रणालीको विकास हुनुपर्ने, रियल सेक्टरको निमयनका लागि नियमनकारी निकायको व्यवस्था, अनलाइन सेयर कारोबार प्रणालीमा बारम्बार देखिने समस्या हल हुनुपर्नेलगायतका सुझाव कार्यान्वयन हुनु पर्ने कोइरालाको माग छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस