Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालीकाको मेयर को ?

बुधबार, २० बैशाख २०७४, १७ : ४४ मा प्रकाशित

काठमाडौं महानगरपालीकाको मेयर को  ?

अर्थ संसार 
काठमाडौं– स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा  देशमा यतिखेर राजनीतिक माहोल बढेको छ ।  मंगलबारको उम्मेदवारी दर्तासँगै झनै राजनीतिक पारो चुलिएको छ ।

चारैतिर राजनीतिक महोल बढ्दै जादा देशको मुख्य शहर काठमाडौं महानगरपालीकाको मेयर को बन्ला ? भन्ने विषय अहिलेको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।

 मुख्य दल नेपाली कांग्रेसबाट राजुराज जोशी,  नेकपा एमालेबाट विद्यासुन्दर शाक्य र माओवादी केन्द्रबाट सर्वाेत्तम डंगोलले उम्मेदवारी दिएपछि काठमाडौं महानगरपालिकामा मयेर पदका लागि चर्काे प्रतिष्प्रर्धा हुने निश्चित छ ।  

विजय आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारीले आ–आफ्नो एजेण्ट तयार पारी चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस र माओवादी  एक्लै एक्लै चुनावी मैदानमा उत्रिएका छन् भन नेकपा एमालेले राप्रपालाई लिएर चुनावी मैदानमा उत्रिएको छ ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाच प्रति नेपाली जनता उत्साहित देखिन्छ । मुख्य शहर काठमाडौं महानगरपालिको  मेयर  थाहा पाउन जेठ १ गते नै कुर्नु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको