Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरको प्रमुख-उपप्रमुखमा तीस जनाको उम्मेदवारी

बुधबार, २० बैशाख २०७४, २० : ३७ मा प्रकाशित

ललितपुर महानगरको प्रमुख-उपप्रमुखमा तीस जनाको उम्मेदवारी

अर्थ संसार 

काठमाडौँ- आसन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा तीस जनाको उम्मेदवारी परेको छ । 

सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार १७ जनाको प्रमुखमा र १३ जनाको उपप्रमुखमा उम्मेदवारी परेको छ । १७ प्रमुखमध्ये ११ पुरुषले विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने छन् छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

त्यसैगरी १३ उपप्रमुखमध्ये नौ जनाले विभिन्न राजनीतिक दलका तर्फबाट र चार जनाले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो । उपप्रमुखमा दुई पुरुष र ११ महिला उम्मेदवार रहेका छन् । 

ललितपुरमा कुल दुई लाख १३ हजार ७३ मतदाता रहेका छन् । महानगरपालिकामा मात्रै एक लाख १३ हजार ९२३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कुल २९ वडा सङ्ख्या रहेको महानगरमा १३२ वटा मतदान केन्द्र रहेको छ । ललितपुर महानगरपालिकाको वडा अध्यक्षमा १६४, महिला सदस्यमा १२९, दलित महिला सदस्यमा ५४ र खुल्लाबाट २६३ जनाको उम्मेदवारी परेको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको