Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद थपिओ

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १७ : २३ मा प्रकाशित

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद थपिओ

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ ।

बागमती प्रदेश र यस प्रदेश भित्र उद्यम सञ्चालन गर्न चाहने देश भरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपकालागि अनुरोध गरे बमोजिम एकपटकका लागिमात्र १५ दिन अवधि रहने गरी फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वनतथाबातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनु भयो । 

गतमङ्सीर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदनमाग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिनु भयो ।

उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मक रुपमा उद्यमगर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र उहाँहरुले समय थपगर्न आग्रह गरेबमोजीम फेरी नथप्ने गरी म्याद थपगरिएको प्रष्ट पार्नु भयो ।

 राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदानगर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्ने लगायतका उद्यमीबन्नकालागि आवश्यक पुर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको बताउनु भयो ।

प्रस्ताव पठाउन र यस सम्वन्धी थप जानकारीका लागि www.startupideacall.org लगइन गरी छुटेका युवाहरुलाई आइडिया पठाउन आग्रह गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको