Like us!
Follow us!
Connect us!
Watch us!

पर्यो भने मालामाल हुने महिला लघुवित्तको आईपीओ भर्ने अन्तिम मौका, कसरी दिने आवेदन ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, ०८ : ४९ मा प्रकाशित

महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ भर्नु भयो ? नभरेको भए आजै कार्यलयको समयभित्र आवेदन दिनुहोस् । किन आज अन्तिम दिन रहेको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागी लगानीकर्ताहरुलेआवेदन दिन सक्नेछन् । 

लघुतित्तको आईपीओमा   (सोमबार) साँझ ५ः३० बजे सम्ममा ८ लाख ९३ हजार ९ सय ५४ जना आवेदकबाट १ करोड ३६ लाख ५२ हजार ८५० कित्ताको आवेदन  भेरीफाई भएको  बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ । यो माग भन्दा ३३ गुणा बढीको आवेदन हो । \

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

आज सम्ममा कम्पनीको आईपिओमा माग संख्या भन्दा १ करोड ३२ लाख ७७ हजार ८ सय ५० बढि कित्ताका लागि आवेदन परेको हो । त्यसैगरी कम्पनीले माग गरेको ३ लाख ७५ हजार कित्ता सेयर न्यूनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्र आइपिओ पाउनेछन् । यसरी हेर्दा  कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८ लाख ५६ हजार ४ सय ४५ जनाको हाज खालि हुने पक्का भएको छ ।    

 लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आज सम्ममा माग भन्दा धेरै आवेदन परिसकेकाले आवेदकलले न्यूनतम १० कित्ताका लागि मात्र आवेदन दिनु उपर्युत्त देखिन्छ । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको