याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर निष्काशन खुला गरेको छ। कम्पनीले कुल १७ लाख ४३ हजार कित्ता सेयर सार्वजनिक बिक्रीमा ल्याएको हो।
यस आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरेमा समय थप हुने सम्भावना रहनेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १७ गते आईपीओ निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ७ दशमलव २७१ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० फागुन ८ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस