Like us!
Follow us!
Connect us!
Watch us!
सिइओसँग कुराकानी (भिडियोसहित)

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

अर्थ संसार टक

आइतबार, ०२ फागुन २०७७, ०० : ०० मा प्रकाशित

महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ । लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्य ताकिएको सेयरमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्बसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको कम्पनीको सेयरले ईक्रा नेपालबाट इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी क्रेडिट रेटिङ्ग पाएको छ ।

यसले कम्पनीको अबस्था औषतभन्दा राम्रो भन्ने देखाउँछ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको कम्पनीको ४ करोडको आईपीओ विक्री भएपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने छ ।

लघुवित्तको जगेडा कोषमा १८ करोडभन्दा बढी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने रिजर्भमा रहेको रकमबाट बोनस सेयर बाँडेर कम्पनीको चुक्ता पूँजी २८ करोड पुर्याउने योेजना रहेको सुनाउँछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ जेठ २४ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट २०७५ असोज २२ गते वित्तीय कारोबार गर्न अनुमति पाएको थियो । रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको संस्थाले देशका २९ वटा जिल्लाका ५३ वटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा प्रतिसेयर आम्दानी ५७।८५ रुपैयाँ गरेको छ । चालु आर्थिकवर्ष ७७र७८ मा ५१.२३ रुपैयाँ प्रतिशेयर आम्दानी गर्ने उसको प्रक्षेपण छ ।

यसरी हेर्दा कम्पनीको सेयर पर्ने लगानीकर्ता मालामाल हुने अबस्था छ । प्राथमिक सेयर निस्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाको समग्र अबस्थाबारे प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेसँगा अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधानसम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको