Like us!
Follow us!
Connect us!
Watch us!

आज अन्तिम मौका, सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन समय सकिँदै

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, ०७ : ५५ मा प्रकाशित

आज अन्तिम मौका, सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन समय सकिँदै

सोपान फर्मास्युटिकल्स लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने म्याद आज मंगलबार बैंकिङ समयपछि समाप्त हुने भएको छ। आवेदन अवधि अन्तिम दिनमा पुगेसँगै लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर हुने गरी ४२ करोड ९० लाख रुपैयाँ मूल्यको ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सार्वजनिक गरिएको यस सेयरमा विभिन्न वर्गका लगानीकर्ताका लागि निश्चित हिस्सा छुट्याइएको छ।

यसअघि कम्पनीले कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो।

यी सबै वर्गका लागि छुट्याइएको सेयर बाँडफाँडपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। सर्वसाधारणले वैशाख ३ गतेदेखि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो, जुन आज बैंकिङ समय सकिएसँगै बन्द हुने भएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड ले सम्हालेको छ।

आईपीओमा आवेदन दिने अन्तिम दिन भएकाले योग्य लगानीकर्ताहरूले समयमै प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको