फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (फागुन ४ गते)सम्म रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ५ गते बुकक्लोज गरेसँगै मंगलबारसम्म सेयर कायम गर्नुपर्ने छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको छ ।
यो प्रस्ताव परितका लागि कम्पनीले फागुन २१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा बिहान ११ बजे बोलाएको जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस