Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड लघुवित्तको नाफामा पहिरो, रिजर्भको आकार बढेर १.८९ अर्ब पुग्यो

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, ०७ : २७ मा प्रकाशित

फरवार्ड लघुवित्तको नाफामा पहिरो, रिजर्भको आकार बढेर १.८९ अर्ब पुग्यो

फरवार्ड लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । ब्याज खर्चमा आएको बृद्धि र संभावित जोखिमा बापत छुट्यानुपर्ने रकम बढेकाले संस्थाको नाफामा संकुचन आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ८ करोड ३९ लाख २४ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा भने ऋणात्मक छ । समिक्षा अवधिमा संस्थाको सञ्चालन नोक्सानी ४ करोड ८५ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १३ करोड १८ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २४.२८ प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८४ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.३९ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको