Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १० : ४८ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । कम्पनीले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको