Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको नाफा १०३ प्रतिशतले बढ्यो, ईपिएस १४६ रुपैयाँ

अर्थ संसार

सोमबार, १७ माघ २०७८, ०८ : ०६ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको नाफा १०३ प्रतिशतले बढ्यो, ईपिएस १४६ रुपैयाँ

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४८ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०३.५८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ५० लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २२.७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६० करोड १५ लाख ६४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि १००.२८ प्रतिशतले बढेर ७० करोड ८२ लाख १७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३५ करोड ३५ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७१ करोड ९० लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४६ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको