नारायण काफ्ले
काठमाडौँ- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव बिहीबार संसद्मा पेस हुने भएको छ । संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसद्मा पेस भएको प्रस्तावमा छलफलको मिति तोकिने बताउनुभयो । बिहीबार पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नुहुनेछ ।
सभामुखले तोक्नुभएको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ । छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ । सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसद्मा नै पेस हुनेछ । समितिलाई बढीमा एक महिनाको समय रहनेछ । समितिले पेस गरेको प्रतिवेदनमा संसद्मा मत विभाजन हुनेछ ।
वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको पहिलोपटक हो । कार्कीमाथि कार्यकारीको अधिकार क्षेत्रमा प्रवेश गरेको प्रमुख आरोप छ ।
गोरखापत्र
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस