Like us!
Follow us!
Connect us!
Watch us!

यी ४ कम्पनीको आईपीओ प्रक्रिया रद्द, कारणबारे के भन्छ सेबोन ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १७ : ०७ मा प्रकाशित

यी ४ कम्पनीको आईपीओ प्रक्रिया रद्द, कारणबारे के भन्छ सेबोन ?

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ४ वटा कम्पनीहरूकाे साधारण सेयर (आईपीओ) काे आवेदन रद्द गरेकाे छ । सेबोनले सुभम पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे आवेदन रद्द गरेकाे हाे ।

बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेपछि उक्त कम्पनीको आईपीओ रद्द गरिएको हो । बोर्डले कमेन्ट गरेको ६ महिनाभित्र कम्पनीले कुनै प्रतिक्रिया नदिएमा  त्यस्ता कम्पनीको आईपीओ आवेदन रद्द गर्ने निर्णय भएको सेबोनका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

अब उक्त कम्पनीहरूले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सुरूवाती चरणबाट नै आवेदन दिनुपर्नेछ । यसका साथै, बाेर्डले यसअघि एचआईडिसीएसल, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ङादी हाइड्रो लगायतका हकप्रदकाे पनि आवेदन रद्द गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको