Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायाेजन

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०७ : ५९ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायाेजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

संस्थाकाे २५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ६ सय ७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ हजार ३ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे आठौँ वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजेबाट सुरु  हनेछ । सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र ६.५८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

602c767abb042.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको