Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सले डाक्यो बार्षिक साधारण सभा,के के छन् प्रस्ताव ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १० : ०७ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सले डाक्यो बार्षिक साधारण सभा,के के छन् प्रस्ताव ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले  लाभांश तथा अन्य बिभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

माइक्रोफाइनान्सले आफ्नो सातौँ वार्षिक साधारण सभा चैत ५ गते बिहान १० बजे बाट क्रिक रिसोर्ट, धादिङवेशी, धादिङमा  डाकेको हो।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

माइक्रोफाइनान्सले साधारण सभा प्रयोजनार्थ  फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सो सभामा सहभागिता जनाउन र माइक्रोफाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको