Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १३ : ०१ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला भएको छ ।

संस्थाले संस्थापक समूहकाे २३ हजार ५ सय कित्ता आज (फागुन ५ गते, बुधबार) बाट बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय एक रूपैयाँमा तोकिएको छ । त्यसैले लगानीकर्ताले सो भन्दा बढी मूल्य अंकित गरी बाेलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आज ( बुधबार) बाट फागुन २३ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको