Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, ०८ : ०५ मा प्रकाशित

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका

कामना सेवा विकास बैंक लिमिटेडले जारी गरेको १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ ।

बैंकले आज बैंकिङ्ग समयपश्चात् आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन फारम नलिन निर्देशन दिएको हो । बैंकले छिटोमा माघ २६ गतेसम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि प्रयाप्त आवेदन नपरेपछि फागुन ६ गते बैंकिङ्ग समयसम्म समय थप गरेको थियो ।

बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको छ । बैकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म दरखास्त दिन सकिने छ । 

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ । सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिएको बैंकले जनाएको छ । 

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको