Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफको आइपिओ बाँडफाँड सम्पन्न: भाग्यमानी २ जनाले पाए ११ कित्ता, नतिजा कसरी हेर्ने ?

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १० : ०५ मा प्रकाशित

ग्रीन लाइफको आइपिओ बाँडफाँड सम्पन्न: भाग्यमानी २ जनाले पाए ११ कित्ता, नतिजा कसरी हेर्ने ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (फागुन ७ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे सम्पन्न भएकाे छ ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । त्यस्तै, भाग्यमानी २ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । 

कम्पनीकाे आइपिओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेकाे थियाे । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको हुनाले १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

नतिजा आइसकेपछि यसरी हेर्न सक्नुहुनेछ 

आईपीओको नतिजा हेर्नको लागिअर्थ संसारको गृहपृष्ठको सवै भन्दा रहेको IPO RESULT मा क्लिक गर्नुहोस् ।

त्यसपछि आईपिओको नतिजा ग्रीन लाइफ हाइड्रोपावरछनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।आईपिओ बाँडफाँडको नतिजा आएपछि हामी राख्नेछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको