Like us!
Follow us!
Connect us!
Watch us!

यो साता कुन सेयर किन्ने, कुन बेच्ने ?

अर्थ संसार

शनिबार, ०८ फागुन २०७७, १२ : २५ मा प्रकाशित

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिएका छन् । उनीहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुनकुन सेयर विक्री गरेर निस्कने भन्ने कुराको निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हामीले हरेक साताको अन्तमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन नयाँ शो सेयर टेक फण्डा सुरु गरेका छौं ।

लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी ब्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

यो साता बजार कस्तो भयो भन्ने कुराको विष्लेषण गर्दै उनले अर्को साता बजारले कस्तो स्वरुप लिने छ भनेर प्राविधिक बिश्लेषण गर्दै पूर्वानुमान गर्ने छन् । हामीले पहिलो एपिसोड प्रस्तुत गरेका छौं । उनले यो साताको सेयर समीक्षा गर्दै आगामी साता (फागुन ९ देखि १३ गतेसम्म) बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् ।


 

उनले गरेको विश्लेषण तपाइँलाई कस्तो लाग्यो ? हामीलाई लेख्न नविर्सनु होला । तपाइँहरुको सुझावका आधारमा हामी यस शोलाई सुधार गर्दै जाने छौं । नोटः प्राविधिक सेयररबजारको विश्लेषण एउटा आधार र औजारमात्र हो । यसले बजारको सामान्य अबस्थाको जानकारी मात्र दिन्छ । लगानीकर्ताहरुले आफूले लगानी गर्दा गहिरो अध्ययन र विश्लेषण गर्नु आवश्यक छ । यही विश्लेषणका आधारमा लगानी गरेर लगानी जोखिममा परे अर्थसंसार डटकम जिम्मेवार हुने छैन ।

United Financeले मर्जरको कुनै प्रक्रिया अगाडी बढाएको छैन | EPS किन कम? | Ajaya Kumar Mishra | CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको