Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानोनानी) प्रदान

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १४ : ४२ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानोनानी) प्रदान

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं .५ सामरी, नुवाकोटलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ।

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति  विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबीवार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।   

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्तरुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबीवार्मर औपचारिकरुपमा हस्तान्तरण गरिएको थियो।नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिनआउने प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन्।

बैंकले'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल-कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल-नवलपुर, महाकाली अञ्चल अस्पताल- कञ्चनपुर, प्युठान जिल्ला अस्पताल-प्युठान, प्राथमिक स्वास्थ्यकेन्द्र-महोत्तरी, आम्दाअस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ्ग र सामरी स्वास्थ्यचौकी -सामरीलाई एक-एक थानबेबीवार्मर प्रदान गरिहालसम्म जम्मा ८ वटा बेबीवार्मरप्रदान गरि सकेकोछ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धनकोष' मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दैआएकोछ। बैंकले१२औं वार्षिकोत्सवकोअवसरमा डा.  महाविरपुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कारकेन्द्रलाई १० वटा 'न्यानोनानी' बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेकाअस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८लाख प्रदान गरेकोथियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१वटा ATM  मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६अर्ब निक्षेपसंकलन गरी २३ हजार भन्दाबढि ऋणीहरुलाई करिब ३७अर्ब लगानी गर्न सफल भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको