Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १८ : ३४ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

ज्योति विकास बैंक लिमिटेडले र चितवनस्थित जंगल भिला रिसोर्टबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई जंगल भिला रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।  सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले कमलपोखरीस्थित प्रख्यात"Achar Ghar", दरबारमार्गस्थित"Mahotsav Restaurant & Bar" हात्तीसारस्थित "Nepal House Restaurant & Bar"तथा कमलादीस्थित "Cafe Lion Heart Tandoori Kitchen"  मा  बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।  

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको