Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा छुट

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, १४ : ११ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा  छुट

ज्योति विकास बैंकका ग्राहकहरुले शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट पाउने भएका छन ।

ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

उक्त स्विमिङ पूल सहितको  फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ।

बैंकका अनुसार यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्‍याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

उक्त स्विमिङ पुल सहितको फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरूको पनि व्यवस्था रहेको छ । 

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको