Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब’ मा २० प्रतिशत छुट

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १३ : ५१ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब’ मा २० प्रतिशत छुट

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ सँग सम्झाैता गरेकाे छ । उक्त सम्झाैताअनुसार अब ज्याेति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २०% सम्मको विशेष छुट प्रदान हुनेछ ।

हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिनिक एन्ड डाइग्नाेस्टिक सेन्टरमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले टिस्टुङ रिसाेर्टमा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। 

यस्ता जिवन रक्षण गर्ने  अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको