Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजना बन्ने

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १७ : १४ मा प्रकाशित

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजना बन्ने

कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ । 

उक्त सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च रु ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदÞी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको