Like us!
Follow us!
Connect us!
Watch us!

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको QR payment सेवा विस्तार

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १६ : ४२ मा प्रकाशित

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको QR payment सेवा विस्तार

कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूलबजारमा मोबाइलफोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुखकार्यकारी अधिकृत  सुरेन्द्र भण्डारीको उपस्थितिमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण भएको छ ।

कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत QR भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । हरुतान्तरण कार्यक्रममा बोल्दै प्रमुखकार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले “यस QR  प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रक मजम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झट बाट पनि मुक्त हुनेछन् ।उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि नलाग्ने बताए । 

क्यूआर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगद रहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न सक्ने बैंकको बिश्वास छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगद रहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको र हालसम्म बैंकले ७३०० भन्दा बढी व्यापारीहरु Fonepay QR डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको बैंकले जनाएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको