Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तले एफपिओ निष्कासन गर्ने

अर्थ संसार संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १३ : ०६ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तले एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे हिजाे (फागुन १३ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ८ गते आइतबार, संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरू हुनेछ ।

सभामा हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6038a280e5def.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको